फागुन ३, काठमाडौँ । हल्ट प्राइज सान कलेज समितिको आयोजनामा गत शनिवार स्थानीय उत्पादन र सेवाको बारेमा एक दिवसीय प्रर्दशनी सम्पन्न भएको छ ।

प्रर्दशनीमा नेपाली उत्पादनलाई प्रर्वद्धन र प्रचार गर्ने उद्देश्य सहित करिव १२ वटा स्टलहरुमा मानव जीवनलाई आवश्यक पर्ने वस्तुहरुको प्रर्दशन तथा प्रयोगबारे जानकारी दिएका थिए । काठमाडौँ स्थित सान इन्टरनेशनल कलेजमा भएको सो प्रर्दशनी कार्यक्रमलाई बागमति प्रदेशका कृषि राज्यमन्त्री डा. केशव पाण्डेले उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले स्थानीय वस्तुबाट निर्मित सामग्री तथा उत्पादक वस्तुको प्रयोगले आत्मनिर्भरता बनाउन सहयोग पुग्ने बताए ।
राज्यमन्त्री पाण्डेले नेपाली माटोमा उत्पादन हुने हरेक वस्तुको सहि तरिकाले सदुपयोग गर्न सकिए देशमा आर्थिक संकटलाई न्यूनिकरण गर्न सकिने बताए । विद्यार्थीहरुको सक्रियतामा युवा उद्यमीका लागि सकारात्मक कदम गरेकोमा आयोजक समितिलाई धन्यवाद समेत व्यक्त गरे । कार्यक्रममा विभिन्न उत्पादन क्षेत्रमा आवद्ध युवाहरु, विद्यार्थी तथा स्थानीयहरुको सहभागीता रहेको थियो ।
हेर्नुस तस्बीरहरु












