प्रदर्शनकारीले जलायो प्रहरीको गाडी, भत्कायो पोष्ट

फागुन १, काठमाडौं । काठमाडौंको बालाजु क्षेत्र तनावग्रस्त बनेको छ । ट्राफिक जरिवानाको विषयलाई लिएर आन्दोलनरत यातायात मजदुरहरुको हड्ताल र आगजनीका कारण बालाजु क्षेत्र तावग्रस्त बनेको हो ।

आन्दोलित यातायात मजदुरहरुले बालाजुमा प्रहरीको दुई वटा भ्यान जलाएका छन् । उनीहरुले नेपाल प्रहरीको बालाजु बृत्तले प्रयोग गर्दै आएको भ्यानमा आगजनी गरेका हुन् । आन्दोलनकारीले प्रहरीका दुई वटा भ्यानमा आगजनी गरेका छन् । यस्तै उनीहरुले माछापोखरी चोकमा रहेको प्रहरीको अस्थायी पोष्ट पनि भत्काइ दिएका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघ पछिल्लो समय ट्राफिकले वृद्धि गरेको जरिवानाविरुद्ध आन्दोलनरत छन् ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.