लुम्बिनीका नवनियुक्त मन्त्रीहरुको शपथ आज

माघ २९, काठमाडौं । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुको शपथ आज हुने भएको छ ।

प्रदेश राजधानी दाङमा आज दिउँसो १ बजेका शपथ ग्रहणको कार्यक्रम तय भएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ । शनिबार नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम लुम्बिनी प्रदेशका मुख्यमन्त्री गिरीले मन्त्रिपरिषद् विस्तार गरेका हुन् । प्रदेश प्रमुखको कार्यालय लुम्बिनीका प्रवक्ता ऋषिराम पन्थीद्वारा हस्ताक्षर विज्ञप्तिमा गिरीसहित १० सदस्यीय मन्त्रिमण्डल विस्तार गरिएको जानकारी गराइएको छ ।

नेकपा (माओवादी केन्द्र( का जोखबहादुर महरा आर्थिक मामिलामन्त्री, एमालेका चेतनारायण आचार्य खानेपानी, ग्रामीण तथा सहरी विकासमन्त्री, माओवादी केन्द्रका इन्द्रजीत थारु भौतिक पूर्वाधार विकासमन्त्री, एमालेका विष्णुप्रसाद पन्थी स्वास्थ्यमन्त्री, माओवादी केन्द्रका कृष्णा केसी आन्तरिक मामिला, कानुन तथा सहकारीमन्त्री नियुक्त भएका छन् ।

केसीले शनिबार दिउँसो बिनाविभागीय मन्त्रीबाट राजीनामा दिएकी थिइन् । यस्तै, एमालेका दुर्गाप्रसाद चौधरी वन तथा वातावरणमन्त्री, राप्रपाकी जानकीप्रसाद यादव उद्योग, पर्यटन तथा यातायात व्यवस्थामन्त्री, एमालेका तुलसीराम शर्मा कृषि तथा भूमि व्यवस्थामन्त्री, जनमतका चन्द्रकेश गुप्ता सामाजिक विकासमन्त्री नियुक्त भएका हुन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.