हार्नेहरुले मात्र आत्मसमर्पण गर्ने हो, योद्धाहरू त सहिद भएर मर्छन् : रञ्जिता श्रेष्ठ

माघ २६, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले हार्नेहरुले मात्र आत्मसमर्पण गर्ने बताउँदै आफूले आत्मसमर्पण नगर्ने बताएकी छन् । बिहीबार बिहानमा आफ्नो फेसबुक एकाउन्टमा आफ्ना पार्टीका ७ सांसदको फोटो राख्दै उनले यस्तो बताएकी छन् ।

सरकारले रेशम चौधरीलाई छाड्ने संकेत नदिएपछि सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको नदिने अढानमा पुगेको नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष श्रेष्ठले एकैदेशका दाजुभाइ माथि गरिएको थिचोमिचोले मुलुक उकालो होइन ओरालोतिर लाग्ने समेत बताएकी छन् । अध्यक्ष श्रेष्ठले फेसबुकमा लेखेकी छन्, ‘हार्नेहरूले हो आत्मसमर्पण गर्ने ! योद्धाहरू त सहिद भएर मर्छन् तर परिचय मर्न दिँदैनन् । आफ्नो देश समृद्धिमा पुगोस् । कसको चाहना हुन्न र तर, एकैदेशका दाजुभाइ माथि गरिएको थिचोमिचोले मुलुक उकालो होइन ओरालोतिर लाग्छ ।’ विद्रोह गर्ने आफूहरूको माग नभइ मुलुक समृद्धिका लागि समानुपातिक सहभागिता लक्ष्य भएको उनले उल्लेख गरेकी छन् ।

उनले भनेकी छन्, ‘हिजो आयातितले बजार धान्थे आज हामी आफै सक्षम छौँ । सतहमा द¥हो पिल्लर छ, भूकम्पले समेत हल्लाउन नसक्ने पिल्लरमा दुईचार घन दुस्साहसमात्रै हो । भलो यसैमा छ, मुलुकीय तलामा तपाईंको पनि साथ रहोस् अनि त चुलिएको महलबाटको दृश्याँकन फटिक नजरमा कति सुहाउलान है ? श्रमले मुलुक समृद्धिशाली बन्छ आश्वासित शब्दले होइन ।’ मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूचीसहित हिजैका लागि तय गरिएको प्रदेशसभा बैठक आजलाई सारिएको छ । रावल नेतृत्वमा सरकार बनेको आज एक महिना पुगेको छ ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.