सान इन्टरनेशनल कलेजमा स्थानीय उत्पादनको प्रर्दशनी गरिने

स्यारोण घिसिङ ।
माघ २५, काठमाडौँ । हल्ट प्राईज सान इन्टरनेशनल कलेज कमिटिले स्थानीय बस्तु, कला तथा उत्पादन सामग्रीहरुको प्रर्दशन गर्ने भएको छ ।

आउँदो शनिवार माघ २८ गते काठमाडौँको भत्केको पुल स्थित सान इन्टरनेशनल कलेजमा स्थानीय तथा नेपाली सीप, कला, उत्पादन तथा विभिन्न सामग्रीहरुको प्रर्दशन तथा जानकारी गराउने भएको छ । विहान ९ बजेदेखि बेलुका ५ बजेसम्मा सञ्चालन हुने उक्त प्रर्दशनीमा बागमति प्रदेशका कृषि विकास मन्त्री केशव पोखरेलले उद्घाटन गरिने आयोजकले जनाएको छ ।

विद्यार्थीहरुको ज्ञान सीप र क्षमतालाई विश्व बजारमा प्रर्वद्धन गर्ने उद्देश्यले सान स्थानीय उत्पादकहरु प्रर्दशन गर्न लागिएको हो । सामाजिक उधमको लागि विश्वको सबैभन्दा ठूलो विद्यार्थी प्रतिस्पर्धा मानिएको हल्ट प्राईज अन्तरगत पहिलो पटक सान इनटरनेशनल कलेजमा कार्यक्रमको आयोजना हुन लागेको बताएको छ । एकदिवशीय प्रर्दशनीमा १५ भन्दा बढि स्टलहरु रहने आयोजकले जनाएको छ । प्रर्दशनीमा हस्ताकलाबाट बनेका सामाग्री, माटोका भाडा, नेपाली पश्चिमी उत्पादन सहित खाने परिकारहरु रहने भएको छ ।

युवाहरुको ज्ञान, सीप र क्षमतामार्फत विश्वमा निम्तिएका संकटहरुको समाधान खोज्ने उद्देश्यले सुरु गरिएको हल्ट प्राईज प्रतियोगिता विद्यार्थी र शैक्षिक संस्थाहरुको आकर्षण बढेको छ । कलेजले विध्यार्थीलाई पढाईमा मात्र नभई वाह्य क्रियाकलापमा पनि सहभागी गराई विद्यार्थीको जीवन स्तर उकास्ने हेतुका साथ थुप्रै प्रतियोगितामा सान इन्टरनेशनलले सहभागिता जनाउँदै आएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.