उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक भोलि बस्दै

माघ २५, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाउने सहमति भएको छ ।

सोही बैठकमा राष्ट्रपतिको उम्मेदवारबारे छलफल हुने जनाइएको छ । उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक समेत रहेका ओलीलाई भेट्न प्रधानमन्त्री प्रचण्ड आज बिहान ओली निवास बालकोट पुगेका थिए । सोही भेटमा भेटवार्तामा बिहीबार राजनीतिक संयन्त्रको बैठक बोलाउने र राष्ट्रपतिको उम्मेदवारबारे छलफल गर्ने सहमति भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बालकोटमा प्रचण्ड र ओलीबीच डेढ घण्टा लामो छलफल भएको थियो । ओली उच्चस्तरिय राजनीतिक संयन्त्रका संयोजक पनि हुन् । यसअघि संयन्त्रको बैठक बस्ने भनिएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीले पनि संयन्त्रको बैठक बस्न माग गरेको थियो । यद्यपि रास्वा सरकारबाट बाहिरिसकेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.