माघ २३, काठमाडौं । भोजपुरमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
हतुवागढी गाउँपालिका–१ बस्ने २६ वर्षीय यदुराज बस्नेतलाई प्रहरीले आइतबार दिउँसोे पक्राउ गरेको हो । बस्नेतले ती किशोरीलाई गत शुक्रबार राति घोडेटारदेखि पुर्णेबजारसम्म आवतजावत गर्ने कच्ची बाटोको च्यानडाँडा भन्ने स्थानमा ना. ५ त ६५८० नम्बरको ट्याक्टरमा जबरजस्ती करणी गरेको प्रहरीले जानकारी दिए ।

