यी हुन् स्तन क्यान्सरका लक्षण र चिह्न

माघ २१, काठमाडौं । स्तन क्यान्सर महिलामा हुनेमध्ये दोस्रो नम्बरमा पर्ने क्यान्सर हो । विश्व स्वास्थ्य संगठनको तथ्यांकानुसार पाठेघरको मुखको क्यान्सर पहिलो नम्बरमा पर्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार क्यान्सरको समयमै पहिचान गर्न सके सफल उपचारको सम्भावना बढी हुन्छ ।

मन्त्रालयका अनुसार स्तन क्यान्सरका लक्षण र चिह्नहरू–
१. स्तनबाट असामान्य रूपले दूध, पानी अथवा रगत आउनु
२. स्तनको मुन्टोमा असाधारण परिवर्तन हुनु
३. स्तनमा गाँठो, गिर्खा आउनु अथवा आकार परिवर्तन हुनु
४. स्तन, हाडजोर्नीमा पीडा हुनु, घाउ हुनु, शरीरको तौल घट्दै जानु
५. स्तनको छाला खुइलिनु अथवा रङ परिवर्तन हुनु ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.