माघ २१, काठमाडौँ । नवौँ कागेश्वरी पर्यटन महोत्सब फागुन ७ गते सम्पन्न हुदैं छ। त्यसैगरी फागुन २१ गते देखी कागेश्वरी प्रागंणमा बिराटमहायज्ञ हुदैछ।
पर्यटन गन्तब्यको रुपमा कागेश्वरीलाई बिकासको लागी मेला महोत्सब, महायज्ञ, पर्यटन पदयात्रा साइकल र्याली लगायतका कार्यक्रम पनि निरन्तर संचालन गरिने आयोजकले जानकारी दिएको छ ।

शनिवार प्रमुख अतिथि पं डा. ऋृषिराम पोखरेलले पर्यटन महोत्सब र बिराट महायज्ञ प्रचार अभियानको शुरुवात गर्नुभयो। सो कार्यक्रममा बिशेष अतिथि काठमाडौँ क्षेत्र नं. ३ का संघीय सांसद सन्तोष चालीसे, संविधान सभा सदस्य रामेश्वर फुयाल, प्रदेश सभा सदस्य बिमल ठकुरी, पं बासुदेब घिमिरे, कागेश्वरी मनोहरा नगर प्रमुख उपेन्द्र कार्की, उप प्रमुख शान्ता थापा लगायतका विभिन्न राजनीतिक दलका प्रतिनिधीहरु समेत उपस्थित हुनु भएको थियो।

उक्त कार्यक्रम लाई कागेश्वरी मनोहरा १ का वडा अध्यक्ष मकुन्द गजुरेलले स्वागत गर्दै सम्वृद्ध कागेश्वरी निर्माणको लागी पर्यटन प्रबर्द्दन गर्दै कागेश्वरीधामलाई धार्मिक एबं पर्यटकीय गन्तब्यको रुपमा बिकासको लागी पर्यटन महोत्सब एबं बिराट महायज्ञ कोशेढुगां साबित हुने कुरा राख्नु भएको थियो।

