कराते महासंघका अध्यक्ष लामाले लिए शपथ

माघ १५, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले नेपाल कराते महासंघका अध्यक्ष युवराज लामालाई आइतबार पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।

राखेपअन्तर्गत खेलकुद विकास विभागका प्रमुख प्रेमबहादुर मल्ल र कराते महासंघका सहमहासचिव ओमकृष्ण प्रसाईंको उपस्थितिमा सदस्यसचिव घिसिङले अध्यक्ष लामालाई शपथ ग्रहण गराएका हुन् । राखेपले गत बिहीबार करातेका संस्थापक मध्येका एक एवं राखेपका पूर्व सदस्यसचिव लामाको अध्यक्षतामा २१ सदस्यीय नेपाल कराते महासंघ केन्द्रीय कार्यसमिति, तदर्थ समिति गठन गरेको थियो ।

अघिल्लो तदर्थ समितिका अध्यक्ष शम्भु आचार्यलाई २०७५ फागुन १४ गते ३ महिना भित्र महासंघको विधान संशोधन गरी निर्वाचन गर्ने गरी तदर्थ समिति गठन गरिएकोमा जिम्मेवारी प्रदान गरेको चार वर्षसम्म उक्त समितिले महासंघको विधान संशोधन तथा निर्वाचन समेत गर्न सकेको थिएन ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.