अमेरिकी उपमन्त्री भिक्टोरिया आज नेपाल आउँदै

माघ १५, काठमाडौं । अमेरिकाको राजनीतिक मामिला हेर्ने उपविदेशमन्त्री भिक्टोरिया नुल्याण्ड आज (आइतबार) काठमाडौं आउँदै छिन्।

परराष्ट्रका मन्त्रालयका अनुसार दुई दिन काठमाडौंमा रहँदा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल परराष्ट्रमन्त्री विमला राई पौड्यालसहितका नेतासँग राजनीतिक भेटवार्ता गर्नेछिन् ।

नयाँ गठबन्धनको सरकार बनेपछि उनको यो पहिलो काठमाडौं भ्रमण हो। केही दिनअघि परराष्ट्रमन्त्री पौड्यालसँगको भेटमा अमेरिकी राजदूत डिन थम्पसनले नुल्याण्डको भ्रमणबारे जानकारी गराएका थिए । लामो कूटनीतिक अनुभव भएकी उनले अमेरिकाका तीन राष्ट्रपतिहरूसँग निकट रहेर काम गरेकी छिन्। नुल्याण्डले ३३ वर्ष विदेश सेवामा बिताइसकेकी छिन् । उनको नेपाल भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.