भदौ १४, काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा भाग लिन ६ देशका राष्ट्र तथा सरकार प्रमुख काठमाडौं उत्रिएका छन् ।
बिमस्टेकको चौथो शिखर सम्मेलन विहिबार काठमाडौँमा शुरु हुँदैछ । सम्मेलनमा सहभागी हुन म्यानमारका राष्ट्रपति विन मिन्च १२ भदौमा नेपाल आइपुगिसकेका थिए । सबैभन्दा अन्तिममा थाइल्याण्डका प्रधानमन्त्री प्रायुट छानोछा काठमाडौं आए । बिमस्टेक सम्मेलनमा भाग लिन छानोछा रोयल थाइ एयरफोर्सको विमानबाट काठमाडौं आइपुगेका हुन् ।
भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार छिरिङ वाङचुक र श्रीलङ्काका राष्ट्रपति मैत्रिपाला सिरिसेना हिजो अर्थात् १३ भदौमा काठमाडौँ आएका हुन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, काठमाडौं आइसकेका छन् । सम्मेलनको उद्घाटन दिउँसो होटल सोल्टीमा हुनेछ । त्यसअघि उनीहरु राष्ट्रपति विद्यादेवी भण्डारीले दिने दिवाभोजमा सहभागी हुनेछन् । सम्मेलनको उद्घाटन अध्यक्ष राष्ट्रका हिसाबले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन्। त्यसपछि सदस्य राष्ट्रका राष्ट्र र सरकार प्रमुखले धारणा राख्नेछन्।
फोटो फिचरः



थाइल्याण्डका प्रधानमन्त्री प्रायुट छानोछा

तस्वीरः रत्नकृष्ण श्रेष्ठ (रासस)

