परराष्ट्रमन्त्री राईलाई भारतीय समकक्षी जय शंकरको बधाई सन्देश

माघ ६, काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नव नियुक्त परराष्ट्रमन्त्री विमला राई पौडेलसँग भेटेका छन् ।
भेटमा श्रीवास्तवले भारतीय विदेशमन्त्री एस जय शंकरको बधाई सन्देश हस्तान्तरण गरेका छन् ।

सन्देशमा भारतीय विदेशमन्त्रीले राइसँग मिलेर दुई देशको सम्बन्ध अझ विस्तार गर्न चाहेको बताएका छन् । उनले परराष्ट्रमन्त्री राईको कार्यकाल सफलताको कामना पनि गरेका छन् । सो अवसरमा नेपाल–भारत द्विपक्षीय सम्बन्धबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.