नेपालगञ्जबाट काठमाडौंका लागि उडेको श्री एयरको विमान झापामा अवतरण

माघ ६, काठमाडौं । बाँकेको नेपालगञ्जबाट काठमाडौंका लागि उडेको विमान झापाको चन्द्रगढी विमानस्थलमा अवतरण गरेको छ ।

आज बिहान करिब साढे ७ बजे नेपालगन्जबाट उडेको श्री एयरलाइन्सको ४४० विमान चन्द्रगढी विमानस्थलमा अवतरण गरेको काठमाडौं विमानस्थलले जनाएको छ । विमानस्थलका अनुसार बिहान काठमाडौंमा भिजिबिलिटी निकै कम भएका कारण अवतरण हुन नसक्दा चन्द्रगढी डाइभर्ट गरिएको हो । मौसम सफा भएपछि विमान चन्द्रगढीबाट काठमाडौं फर्काइने काठमाडौं विमानस्थल कार्यालयले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.