मधेसको मुख्यमन्त्रीमा यादवको दाबी पेस

६३ सांसदको समर्थन

पुस २७, जनकपुरधाम । मधेस प्रदेशको मुख्यमन्त्री पदका लागि जनता समाजवादी पार्टी (जसपा) का सरोजकुमार यादवले दाबी पेस गरेका छन् ।

बुधबार प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष ६३ प्रदेशसभा सदस्यको हस्ताक्षरसहितको दाबी पेस गरिएको हो । उनलाई नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाहेकका सबै दलले समर्थन गरेका छन् । नेकपा (एमाले) का २३, जसपाका १६, जनमत पार्टीका १३, नेकपा (माओवादी केन्द्र) का सात, राप्रपाका एक, नागरिक उन्मुक्ति पार्टीका एक, स्वतन्त्र सांसदद्वय सुरिता साह र अनुरुध सिंहले समर्थन जनाएका हुन् ।

प्रदेश प्रमुख मिश्रले बिहीबार (भोलि) अपराह्न ४ बजेसम्म मुख्यमन्त्रीका लागि दाबी गर्ने समय दिएका छन् । मधेस प्रदेशसभामा कुल १०७ सांसद छन् । बहुमतको सरकार बनाउन कम्तीमा ५४ सांसद आवश्यक पर्छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.