चितवनमा एक दम्पती मृत भेटिए

पुस २६, चितवन । चितवनको भरतपुर महानगरपालिका– २९ मा एक दम्पती मृत अवस्थामा भेटिएको छ ।

भरतपुर वडा नं. २९ को कार्यालय पछाडि खेतबारी भन्ने ठाँउमा अन्दाजी २७÷ २८ वर्षका प्रेम रानामगर झुण्डिएको अवस्थामा र उनकी श्रीमती २४÷२५ वर्षकी शान्ति रानामगर भुईँमा मृत भेटिएका हुन् ।

अहिले जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी नवराज अधिकारीको नेतृत्वमा प्रहरी टोलीले घटनास्थलको मुचुल्का तयार गर्ने र अनुसन्धान गरिरहेको छ । घरायसी झगडाका कारण मृतक प्रेमबहादुरले कुटपिट गरेर श्रीमतीको हत्या गरेपछि आफूले झुण्डिएर आत्महत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ । उनीहरुका बीचमा घरमा झै– झगडा भैरहने गरेको एक स्थानीयले बताए । प्रेमबहादुर ज्याला मजदुरी गर्दथे भने श्रीमती गृहणी थिइन् । उनीहरुको एक छोरा छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.