यमन माझि सर्वोत्कृष्ट गायक (माझी किङ) अवार्डबाट सम्मानित

पुस २६, काठमाडौँ । बहुप्रतिभाका धनी गायक एंव नायकको रुपमा परिचित यमन माझि सर्वोत्कृष्ट गायक (माझी किङ) अवार्डबाट सम्मानित भएका छन । मनास्लु मिडिया प्रा.लि.द्वारा सञ्चालित मनास्लु पोष्ट न्युज पोर्टलको अयोजनामा छैठौँ मनास्लु राष्ट्रिय अवार्ड २०७९ मा उनलाई सांगीतिक क्षेत्र साथै माझि जातिय पहिचानको लागि विगत लामो समयदेखी पुर्‍याउनु भएको योगदानको उच्च कदर गर्दै सर्वोत्कृष्ट गायक (माझी किङ) अवार्डमार्फत प्रमाण पत्र प्रदान गर्दै सम्मान गरिएको हो ।

माझी किङ यमनले अवार्ड प्राप्त गरिसकेपछी आफुलाई थप हौसला मिलेको बताए ।उनले आफ्नो भाषा,संस्कार र संस्कृति जोगाउन आँफैले केही पाठ्यक्रम बनाइ काठमाडौँ तथा गाँउ बस्तीमा समेत आफ्नो भाषा सिकाएका थिए । सबै क्षेत्रमा उत्तिकै पोख्त उनले आफ्नो समुदायको उत्थानको निम्ती गीत सङ्गित,फिल्म डकुमेन्ट्री समेत निर्माण गरेका छन । उनी विभिन्न संघ संस्था,कार्यक्रम तथा समारोहबाट सम्मानित भएका छन भने उनले अभिनय गरेको ‘मोङो डोङा २’ बाट पहिलो ज्योमो गाङ फिल्म अवार्ड– २०१८ मा उत्कृष्ट नव अभिनेताको अवार्ड हात परेका छन । उनलाई विरिसु मिडिया प्रालीले आयोजना गरेको स्टार म्युजिक एण्ड फिल्मस अवार्ड– २०७८ मा माझी समुदायको उत्थानका निम्ति विगत लामो समयदेखि अनवरत रुपमा लागिपरेकोले उनको योगदानको कदर गर्दै “माझी किङ” को उपाधिबाट सम्मान गरिएको थियो ।

उनी आफ्नै माइला दाजु सोम कुस्कु माझिको शब्द र संगीतमा नेपो अडियो रेकर्डिङ स्टुडियो,प्रदर्शनिमार्ग काठमाडौमा बि. स. २०६६ साल असार १९ गते आफ्नै माझी भाषामा “कखनि उपर कखनि तलेन” बोलको गीत रेर्कर्ड गरी साङ्गितिक यात्रामा होम्मिएका हुन । उक्त गीत माझी समुदायकै पहिलो रेकर्ड गरिएको भाषिक गीत समेत हो भने उनी पहिलो माझि भाषाको गीत गाउँए पहिलो गायक समेत हुन ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.