पुस २२, ओखलढुंगा । विद्यार्थी परिषद् ओखलढुंगा नगर र सोलुखुम्बु जिल्लाले साना बालबालिकाहरूलाई न्यायो कपडा वितरण गरेको छ ।
ओखलढुंगा मोलुङको कुन्ता दर्शन आ. विका बालबालिकाहरू र सोलुखुम्बु जिल्लाको रमाइलो ज्योति र सरस्वती विद्यालयमा न्यानो कपडा वितरण गरेको हो । विहिबार एक कार्यक्रमको आयोजना गरि प्राज्ञिक विद्यार्थी परिषद् नेपाल ओखलढुंगा जिल्लाले मोलुङ – १, मा रहेको कुन्ता दर्शन आ.वि मा अध्ययनरत बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको हो ।
कार्यक्रममा दमोलुङ गाउँपालिकाका उपप्रमुख उर्मिला खतिवडा, वडा अध्यक्ष कमल बाँनिया, समाजसेवी अभिभावक र नगर कमिटीका सदस्यहरू लिला गौतम ,संगिता अधिकारी, प्रबिना राई र अभ्युदय गौतमको उपस्थितिमा रहेको परिषद्का कार्यकर्ता लिला गौतमले जानकारी दिएकी छिन् । त्यस्तै परिषद्ले सोलुखुम्बु जिल्लामा अवस्थित रमाइलो ज्योती आधारभूत विद्यालय र सरस्वती आधारभूत विद्यालयका ६० जान बालबालिका र युवा विद्यार्थीहरूलाई पनि न्यानो कपडा टोपि र सुइटर वितरण गरेको परिषदले जनाएको छ ।

