गृहमन्त्रीको नागरिकता विवादबारे आज सर्वोच्चमा छलफल हुने

पुस २२, काठमाडौं। गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारे आज सर्वोच्च अदालतको संवैधानिक इजलासमा छलफल हुने भएको छ।

लामिछानेको सांसद हुने योग्यतामाथि प्रश्न उठाउँदै दायर रिटमाथि अदालतले ६ पुस प्रारम्भिक सुनुवाई गर्दै आजका लागि दुवै पक्षलाई छलफलमा झिकाउन आदेश दिएको थियो।

अधिवक्ता रविराज बसौलालगायतले मंसिर २८ मा लामिछानेको सांसद पद खारेजीको माग गर्दै रिट दर्ता गरेका थिए। कायममुकायम प्रधानन्यायाधीशको नेतृत्वमा गठन भएको संवैधानिक इजलासमा न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउत रहेका छन्। रिटमा लामिछानेलाई सांसदको रूपमा सपथ नखुवाउन माग दाबी गरिएको थियो। दोहोरो नागरिकता प्रकरणमा मुछिएपछि लामिछाने विवादित बन्दै आएका छन्।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.