पुस २०, काठमाडौँ । सोलुखुम्बु थुलुङ दुधकोशी गाउँपालिका साविक वडा नं ९ का अग्निपिडित नौ बहादुर राई र भक्त राईलाई श्री नव किरण समाज काठमाण्डौं द्वारा आर्थिक सहयोग गरेको छ ।
श्री नव किरण समाज काठमाण्डौंका अध्यक्ष होम प्रकाशले वडा कार्यालयमार्फत रु. दश हजार हस्तारण गरेको जानकारी दिए । सामाजिक सेवामा समेत क्रियाशिल रहदै आएको सो संस्थामार्फत विभिन्न समयमा युवाहरुलाई आत्मानिभर बनाउने ज्ञान, सीप लगायत क्षमता अभिवृद्धिको तालिम समेत सञ्चालन गराउँर्दै आएको अध्यक्ष राई बताए । सहयोग हस्तान्तरण गर्दै विपतमा परेका व्यक्तिहरुलाई सहयोग गराउने र युवाहरुलाई नेतृत्व क्षमताको कार्यमा समेत संलग्न गराउन आगामी दिनहरुमा संस्थाले गतिविधि सञ्चालन गरिने अध्यक्ष राईले बताए ।

