नयाँ सरकारले दिगो विकासमा ध्यान दिनुपर्छः वामदेव गौतम

पुस १९, काठमाडौँ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले वर्तमान सरकारले मुलुकभित्र स्वदेशी उत्पादनमा वृद्धि गर्दै दिगो विकासमा ध्यान दिनुपर्ने बताउनुभएको छ।

मङ्गलबार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद गौतमले वर्तमान सरकारले मुलुकभित्र नै उत्पादन वृद्धि गरेर दिगो विकासलाई समेत मद्दत गर्दै सुशासन कायम गर्न पहल गर्नुपर्ने बताउनुभएको हो। उहाँले नेपालमा सम्पूर्ण खाद्यन्नदेखि जनैसम्म विदेशबाट आयात गर्नुपर्ने अवस्था रहेकाले चिन्ता व्यक्त गर्नुभयो। उहाँले अहिले विश्वका अन्य देशभन्दा अर्थतन्त्रमा पछाडि परेको बताउनुभयो। उहाँले सरकारले मुलुकभित्र उत्पादन वृद्धि गरेर आत्मनिर्भर बन्न सक्नुपर्ने बताउनुभयो।

उहाँले खाद्यान्न, फलफूल, औषधिलगायत उत्पादनमा वृद्धि गरेर आत्मनिर्भर बन्नसके मुलुक भित्र नै रोजगारी सिर्जना हुने बताउनुभयो। उहाँले विगतमा नेपाली कांग्रेसको सरकारले सरकारी उद्योग कारखाना निजीकरण गर्दा अहिले समस्या भएको आरोप लगाउनुभयो। नेपाली कांग्रेस नेतृत्वका सरकारले विगतमा सरकारी उद्योगमा अफ्ठ्यारो पर्ने र निजीकरण गर्ने काम गरेको बताउनुभयो।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.