पुस १७, काठमाडौं । २९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा उदयपुरमा एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका–४ मकुम डाँडा बस्ने २६ वर्षीय मनोज परियार छन् । परियारले ती महिलालाई मंसिर २८ गतेको राति बलात्कार गरेको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

