सुरक्षाकर्मीले नेता तथा कूटनीतिज्ञसँग भेट्दा अनिवार्य अनुमति लिनुपर्ने

पुस १४, काठमाडौं । गृह मन्त्रालयले विभिन्न कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि र राजनीतिक दलका नेताहरुलाई भेट्दा अनिवार्य रुपमा विभागीय स्वीकृति लिन सुरक्षाकर्मीलाई निर्देशन दिएको छ ।

गृह मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै सुरक्षाकर्मीहरुले कूटनीतिक नियोग, राजनीतिक नेतृत्वसँग भेटघाट गर्नुपरेमा अनिवार्य विभागीय अनुमति लिनुपर्ने निर्देशन दिएको हो । शान्ति सुरक्षा तथा अमनचयन कायम गर्ने प्रमुख जिम्मेवारी भएको सुरक्षा निकायका कतिपय पदाधिकारीहरू कर्तव्य पालनाको सिलसिलामा बाहेक पनि विभिन्न कूटनीतिक नियोग, राजनैतिक नेतृत्वसँग भेटघाट गर्ने गरेको बुझिन आएकाले सो निर्देशन दिइएको मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताएका छन् ।

साथै मन्त्रालयले निर्देशन विपरीत सुरक्षा निकायका पदाधिकारीले कूटनीतिक नियोग र राजनीतिक दलका नेतासँग भेट गरे÷गराएको पाइए अनुशासनसम्बन्धी कारबाही गर्नेसमेत चेतावनी दिएको छ ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.