भागबन्डा टुंग्याउन सत्ता गठबन्धनका शीर्ष नेताको बैठक सुरु

पुस १४, काठमाडौं । सत्तासाझेदार दलका शीर्ष नेताको बैठक अहिले बालुवाटारमा सुरु भएको छ ।

बैठकमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेता सहभागी छन् । बैठकमा मन्त्रिपरिषद् विस्तार, मन्त्रालयको भागबन्डालगायत विषयमा छलफल हुने प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ । वर्तमान सत्ता गठबन्धनमा सात दल आबद्ध छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.