जसपा संसदीय दलको नेतामा रामसहाय यादव निर्विरोध

पुस १३, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको नेतामा रामसहाय यादव सर्वसम्मत चयन भएका छन् ।

बुधबार बसेको दलको नेता छान्ने बैठकले यादवलाई सर्वसम्मत चयन गरेको हो । एकल उम्मेदवारी दर्ता भएका यादव बारा निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् । जसपाको संसदीय दलको नेतामा संघीय परिषद् अध्यक्ष अशोक राईसहित सांसदद्वय राजकिशोर यादव र नवलकिशोर साहले पनि दाबी गर्दै आएका थिए । प्रतिनिधिसभामा जसपाका १२ जना सांसद छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.