काठमाडौँ उपत्यकाको तापक्रम ४.३ डिग्री सेल्सियस

पुस १०, काठमाडौँ । आइतबार एक्कासि चिसोको महसुस बढी भएको छ । काठमाडौँ उपत्यकामा आइतबार बिहानको न्यूनतम तापक्रम ४.३ डिग्री सेल्सियसमा झरेको छ ।

उपत्यकासँगै सबैभन्दा धेरै चिसो भने जुम्लामा भएको छ । जुम्लाको न्यूनतम तापक्रम माइनस ७ डिग्री सेल्सियस मापन भएको छ । मौसम पूर्वानुमान महाशाखाले आइतबार बिहान अपडेट गरेको तापक्रम अनुसार न्यूनतम तापक्रम यस वर्षको अहिलेसम्मकै कम हो । काठमाडौँ उपत्यकामा बिहान अन्य दिनको तुलनामा बढी चिसो महसुस भएको थियो । मौसमविद्का अनुसार काठमाडौँ उपत्यकासहित देशभर चिसो बढ्ने क्रममा रहेको भन्दै सतर्कता अपनाउन अनुरोध गरेको छ । काठमाडौँ उपत्यकामा आइतबारको अधिकतम तापक्रम १८.३ डिग्री सेल्सियस रहने महाशाखाको तथ्याङ्क छ ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.