पुस ७, काठमाडौं । प्रतिनिधिसभाका नव निर्वाचित सांसदहरूको शपथअघि सर्वदलीय बैठक सुरु भएको छ ।
ज्येष्ठ सदस्य पशुपति शमशेर जबराको अध्यक्षतामा सर्वदलीय बैठक सुरु भएको हो । बैठकमा कांग्रेस, एमाले, माओवादी केन्द्रलगायतका दलका प्रतिनिधिको उपस्थिति छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सर्वदलीय बैठक अहिले पनि जारी छ ।

