माधव नेपाल शपथ लगत्तै अस्पताल फर्कने

पुस ७, काठमाडौं । अस्वस्थ भएपछि अस्पताल भर्ना भएका एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ ग्रहणका लागि संसद भवन जाने भएका छन् ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बिहीबार दिउँसो १ बजे नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ गराउने कार्यक्रम छ । रौतहट–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेपाल अस्पतालबाटै संसद भवन जाने र शपथ पछि पुनः अस्पताल फर्किने भएका छन् । रूघा खोकी, ज्वरो र छातिमा संक्रमण देखिएपछि गत आइतबार त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएर उपचार गराइरहेका उनी शपथ ग्रहणका लागि भने बिहीबार संसद भवन जान लागेका हुन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.