पुस ५, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा र गगन थापाबीच प्रतिष्पर्धा हुने भएको छ ।
संस्थापन पक्षबाट देउवाले उमेदवारी दिँदैछन् भने इतरसमूहबाट थापाले । यसअघि इतर समूहमा शेखर कोइराला र गगन थापाबीच सहमति जुट्न सकेको थिएन । थापालाई कोइरालाले समर्थन गर्ने भएपछि सहमति जुटेको हो । छलफलमा सहभागी एक नेताका अनुसार कोइरालाले नै थापालाई प्रस्ताव गर्नेछन् । कांग्रेसमा ८९ जना सांसद रहेका छन् । भोलि दलको नेताका लागि मतदान हुँदैछ ।

