पुस ४, काठमाडौं । जुम्लाको न्यूनतम तापक्रम माइनस ४.९ डिग्री सेल्सियस मापन गरिएको छ ।
मौसम पूर्वानुमान महाशाखाले आज बिहान पौने ९ बजे मापन गरी सार्वजनिक गरेको विवरणमा उल्लिखित स्थानका न्यूनतम तापक्रममध्ये यो सबैभन्दा कम हो । महाशाखाका अनुसार यस दिन काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ७ डिग्री सेल्सियस मापन गरिएको छ । एक साताअघि अर्थात् गएको सोमबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रप यो वर्षकै कम ५.४ डिग्री सेल्सियस थियो ।
आज डडेलधुराको न्यूनतम तापक्रम ५, वीरेन्द्रनगरको ५.९, ताप्लेजुङको ७.९, दिपायलको न्यूनतम तापक्रम ८.२ डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ । महाशाखाले हरेक दिन बिहान न्यूनतम र बेलुका अधिकतम तापक्रम मापन गरी विवरण सार्वजनिक गर्ने गर्छ ।
विवरण स्थानको विवरण हेर्नोस्–


