आज तीन प्रदेशमा वर्षा र हिमपातकाे सम्भावना

पुस ३, काठमाडौं । हाल देशभर चिसो बढेको छ । आज बिहान देशका पहाडी भू– भागमा आंशिक देखि सामान्य बदली रही तराईका भू– भागमा हुस्सुरकुहिरो रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू– भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू–भागको एक÷ दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी भू–भागको एक÷दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ। राती प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू(भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी भू–भागको एकदुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।

पहाडी भू–भाग हिमपातको तथा तराईमा हुस्सुरकुहिरो लाग्ने तथा देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध छ । आज काठमाडौं उपत्यकाको न्युनतम तापक्रम ७ दशमलव ७ डिग्री सेल्सियस रहेको । त्यसैगरी नेपालको सबैभन्दा बढि चिसो हुने जुम्लाको न्युनतम तापक्रम माइनस ४ दशमलव १ डिग्री सेल्सियस रहेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.