आफ्नै कार्यकर्तामाथी नेता बजगाईको अश्लिल हर्कत

मङ्सिर २९, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य बद्री बजगाईले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नै कार्यकर्तामाथी अश्लिल च्याट गर्दै यौन हिंसा गरेका छन् ।

बजगाईले फेसबुक च्याटमार्फत अश्लिल शव्दहरु प्रयोग गर्दै एक किशोरीमाथी यौन हिंसा गरेको आरोप लागेको छ । छोरी भन्दै च्याट गर्ने र गलत नियतले अश्लिल शब्द प्रयोग गरेको भन्दै उनलाई फेसबुकबाट समेत ब्लक गरेकी पीडित किशोरीले बताईन् । गत हप्ता फसेबुकमार्फत बजगाईको अप्रत्याशित शव्द प्रयोगसहितको च्याटपछि फेसबुक म्यासेन्जर ब्लक गर्दा विहानै फोन सम्पर्क समेत गरेको बताईन् ।  मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा काठमाडौँ क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेद्वार समेत रहेका बजगाईले ती किशोरीलाई पटक–पटक फोन गर्ने र फेसबुक म्यासेन्जरमार्फत दुःख दिने गरेको आरोप छ ।

अश्लिल हर्कत सहित च्याट गरेको भन्दै कारवाहीको लागि पार्टी पंक्तिमा कुरा पुगेपनि कुनै सुनुवाई नभएको ती पीडितले बताईन् । शिक्षित र संगठनकै जिम्मेवार व्यक्तिलाई नै यस प्रकारको हिंसा भइरहदा समाजका सामान्य छोरीचेलीहरुप्रति झन कस्तो हर्कत गर्लान ? पीडितले प्रश्न गर्दै पार्टीको जिम्मेवार पदमा रहेका व्यक्तिहरुबाट कार्यकर्ताहरु सुरक्षित नहुने भन्दै पार्टी संगठन र मिडियासामु आउनुपर्ने वाध्यता भएको बताईन् ।

त्यस घटनाबारे जानकारी लिन आरोपित नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य बद्री बजगाईलाई सम्पर्क गर्दा फोनै उठाएन । उनले किशोरीमाथी गरेको च्याटको केही स्क्रिन शर्ट यस्तो छ । केही अपच्य शव्द भएको कारण सबै च्याट राख्न असमर्थ छौँ ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.