मङ्सिर २८, काठमाडौँ । संघीय संसद् सचिवालयका सचिव ध्रुवप्रसाद घिमिरेले पदबाट राजीनामा दिएका छन् । उनले आफ्नो राजीनामापत्र मंगलबार सचिवालयका महासचिव भरतराज गौतमलाई बुझाएका थिए ।
उक्त पत्र बुधबार राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको अध्यक्षतामा बसेको सचिवालय व्यवस्थापन समितिको बैठकले स्वीकृत गरेको छ । राजीनामाबारे बोल्दै घिमिरेले पारिवारिक कारणले राजीनामा दिएको बताए । घिमिरेले कार्यकाल सकिन ९ महिना बाँकी छँदै राजीनामा दिएका हुन् । घिमिरे संघीय संसद् सचिवालयको प्रशासन महाशाखा प्रमुख थिए ।

