तराईमा हुस्सु र कुहिरो, पहाडमा आंशिक बदली

मंसिर २८, काठमाडौँ । जल तथा मौसम विभागले आज (बुधबार) तराईका केही भूभागमा हुस्सु र कुहिरो लाग्नुका साथै पहाडी भूभागको मौसममा आंशिक बदली रहने जनाएको छ । विभागका अनुसार बाँकी भूभागको मौसम सामान्यतया सफा छ ।

आज दिउँसो प्रदेश–१, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । आज राति प्रदेश–१, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । आगामी २४ घण्टामा तराईका केही भूभागमा बिहानीपख हुस्सु÷ कुहिरो लाग्ने तथा देशका अधिकांश भूभागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन विभागले अनुरोध गरेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.