संवादविहीन ‘चि मुसी चि’को टिजर सार्वजनिक

काठमाडौं । चलचित्र ‘चि मुसी चि’को अफिसियल टिजर सार्वजनिक गरिएको छ । संवाद नरहेको १ मिनेट २३ सेकेण्ड लामो टिजरमा कलाकारको मुभमेन्ट र पार्श्वसंगीत मात्रै छ । सार्वजनिक टिजरले दर्शकको विश्वास जित्ने अपेक्षा निर्माण टिमको छ ।

एमी स्टुडियो प्रोडक्सनको ब्यानरमा निर्माण भएको हरर थ्रिलर जनराको चलचित्रको टिजरमा सिनेमाका मुख्य कलाकार प्रिंयका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी, राजन खतिवडा, रविन्द्र झालगायत कलाकार देखिन्छन् । चलचित्रको निर्देशन मर्ण जेम्स र यश सैनीले संयुक्त रुपमा गरेका हुन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.