समानुपातिक सांसद सूचीमा एकनाथ ढकालको नाम परेपछि एमालेमा असन्तुष्टि

मङ्सिर २५, काठमाडौं । नेकपा (एमाले) ले शनिबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक सांसदको सूचीमा नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालको नाम छ ।

अर्का पार्टीका अध्यक्ष तथा विवादास्पद छविका ढकाललाई सांसद बनाएपछि एमालेमा असन्तुष्टि देखिएको छ । एमालेका नेता भीम रावलले आफ्नो पार्टीबाट हस्ताक्षर गरी चुनामा उमेदवार बनाएका अर्का पार्टीका अध्यक्षलाई चुनावमा उठाइएको भन्दै राजनीतिमा नैतिकताको खडेरी भएको बताएका छन् । “अमेरिकामा कर छलीको आरोपमा दुई वर्ष र जासुसीको आरोपमा तीन वर्ष काराबासको सजाय भोगेका सन मुङ मुनद्वारा स्थापित विवादास्पद युनिफिकेसन चर्चसँग आबद्ध अध्यक्ष एकनाथ ढकाललाई नेकपा (एमाले) ले समानुपातिकबाट प्रतिनिधिसभाको सदस्य बनाएको छ,” उनले आइतबार ट्विट गर्दै भनेका छन्, “परिवार दलले ढकालको हस्ताक्षरबाट चुनावमा उमेदवार पनि उठाएको छ । एकसाथ एउटा दलको अध्यक्ष र अर्का दलको समानुपातिक प्रणालीबाट प्रतिनिधिसभाको सदस्य क्या चमत्कार १ राजनीतिमा नैतिकताको खडेरी स्मरणीय छ । ढकालको विवाह पनि विदेशी महिलासँग भएको छ ।”

शनिबार बसेको एमालेको सचिवालय बैठकमा ढकालको नामबारे प्रश्न उठेको स्रोतले बतायो । तर, समानुपातिक बन्दसूचीमा खस आर्यतर्फ ढकालको नाम दुई नम्बरमा रहेकाले परिवर्तन गर्न सक्ने अवस्था नरहेको ती नेताले बताए । “उहाँको बारेमा समानुपातिक बन्दसूची बुझाउने बेलामा पनि प्रश्न उठेको थियो । हिजो बैठकमा पनि प्रश्न उठ्यो,” ती नेताले भने, “उहाँको नाम समानुपातिक सूचीमा दुई नम्बरमा रहेकाले क्रम मिच्न पनि नमिल्ने भयो । असन्तुष्टि हुँदाहुँदै पनि नाम पठाइएको हो ।”

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.