बीबीसीद्धारा सय जना प्रभावशाली महिलाको सूची सार्वजनिक

मङ्सिर २०, काठमाडौं । बीबीसीले सन् २०२२ का लागि विश्वभरिबाट सय जना प्रभावशाली महिलाको सूची सार्वजनिक गरेको छ ।

जसमा विश्व सङ्गीतकी चर्चित व्यक्तित्व बिली आयलिस, युक्रेनकी प्रथम महिला ओलेना जेलेन्स्का, अभिनेत्री प्रियङ्का चोपडा जोनस र सेल्मा ब्लेअर, रुसी पप गायिका अला पुगाचेभा, इरानी आरोही इल्नाज रेकाबी, कीर्तिमानी ट्रीपल जम्प खेलाडी युलिमार रोहास, घानाकी लेखिका नाना डार्कोका सेकिआमाहलगायत रहेका छन् ।

यो सूचीले सन् २०२२ मा विश्वभरि द्वन्द्वको केन्द्रमा महिलाको भूमिकालाई प्रतिबिम्बित गरेको बीबीसीले जनाएको छ । बीबीसीले हरेक वर्ष विश्वभरका एक सय जना प्रभावशाली र प्रेरणादायी महिलाहरूको नाम सार्वजनिक गर्दै आएको छ । यो सूची दशौँ संस्करण हो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.