इटालीको मजदुरको कथा अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा

मङ्सिर १५, काठमाडौँ । इटालीको मजदुरको कथा बोकेर ‘सामाजिक रुपान्तरणका लागि रङ्गमञ्चः विविधताको उत्सव’ भन्ने नारामा साथ भइरहेको नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) सातौं दिनमा आइपुगेको छ ।

बिहिबार मञ्चन हुने इटालीको नाटक ‘मेड इन इल्भा’ले प्रतिकुल उत्पादन प्रणालीभित्र कैद एक मजदुरको कथा भन्छ । उत्तरआधुनिक परिव्शमा एक मानिस मेकानिक मानिसभन्दा पनि एकोहोरो चालको मेसिनमा परिणत हुन्छ र मात्र प्राविधिक कृत्रिम अस्तित्वमा रहन बाध्य हुन्छ । मानिसलाई मानवीय रुपमा नभई उपकरणको रुपमा मात्र लिने औधोगिक मालिकहरुको प्रवृत्तिलाई नाटकले यस नाटकले मञ्चन गर्छ ।

अन्ना डोरा डोर्नो निर्देशित तथा निकोला पियन्जोला लिखित ‘मेड इन इल्भा’ मध्यान्ह १२ र दिउँसो ४ बजे मञ्चन हुँदैछ । त्यस्तौ सातौं दिनको प्यानल डिसकसनको विषय ‘थिएटर शिक्षाः अवसर र चुनौती’ रहेको छ । साँझ ५ बजे यस विषयमा विश्वविद्यालयका सम्बन्धितहरु र थिएटर व्यक्तित्वबीच अन्तरक्रिया हुनेछ । बिहिबारै कचहरी नाटक र क्लाउन नाटक सम्बन्धी कार्यशाला पनि सञ्चान हुँदैछ भने मण्डला थिएटरले सञ्चालन गरेको पहिलो एक वर्षे ड्रामा स्कूलका क्रियाकलाप, उपलब्धी र प्रतिक्रिया समेटिएको वृत्तचित्र पनि प्रदर्शन गरिदैछ ।

बुधबार के के भए ?

छैटौं दिन बुधबार भारतको इभान हास्टिङ निर्देशित नाटक ‘स्याडो लिवेरेसन’ र श्रीलंकाको नाटक ‘राजा मन वहला’ मञ्चन भएको थियो । पहिलो नाटक छायाँ र कचहरी नाटकको मिश्रित शैलीमा तयार पारिएको थियो भने दोस्रो लोक तथा सांगितिक शैलीमा प्रस्तुत भएको थियो ।

त्यस्तै महोत्सवमा नारायण वाग्लेको उपन्यासमा आधारित सुरज सुवेदीले नाट्य रुपान्तरण गरेको नाटक ‘पल्पसा क्याफे’को विमोचन भएको थियो भने ‘नाटकमा शब्दको आकृतिः कस्तो देखिन्छ, कस्तो लेखिन्छ ?’ शीर्षकमा प्यानल डिसकसन सम्पन्न भयो । हुम बिसी र माधव त्रिपाठीले नेपाली लोकबाजाको सांगितिक प्रस्तुतिका साथ छैटौं दिनको कार्यक्रम समापन गरिएको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.