मङ्सिर ८, काठमाडौं। तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन्।
पौडेलले २५ हजार ३१८ मत ल्याएर निर्वाचित हुँदा नेकपा एमालेका एकबहादुर रानाले १९ हजार ९४३ मत ल्याए। स्वतन्त्र उम्मेदवारी दिएका गोविन्दराज जोशीले ६ हजार ८७८, राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले ६ हजार ३० र राप्रपाका विनोद घर्टीले दुई हजार ४८७ मत ल्याएका छन् ।

