निर्वाचन भएको चार दिनपछि मुगुको मतगणना सुरु

मङ्सिर ७, सुर्खेत । प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचन मङ्सिर ४ गते सम्पन्न भएको चार दिनपछि मुगुमा मतगणना सुरु भएको छ ।

भौगोलिक विकटताका कारण तीन दिनसम्म मतपेटिका सङ्कलन समय लागेकाले मतगणना कार्य ढिलो सुरु भएको मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए । “मुगुमा चार स्थानीय तह मात्र भए पनि छायाँनाथ रारा नगरपालिकाको मतपेटिकामात्र समयमै सङ्कलन भयो,” उनले भने, “मुगुको सोरु, खत्याड र मुगुम कार्मारोङ गाउँपालिकाको भौगोलिक विकटताका कारण दुई दिन लगाएर मतपेटिका सदरमुकाम पु¥याइएको थियो ।”

प्रमुख जिल्ला अधिकारी महतले आज बसेको सर्वदलीय बैठकबाट राजनीतिक सहमति जुटाएर बिहान ८ः३० बजेदेखि मतगणना सुरु भएको बताए । उनका अनुसार मुगुमा ३४ हजार ९६२ मतमध्ये २६ हजार ६१५ (७४.४९ प्रतिशत) मत खसेको छ । रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.