डोटीमा प्रेम आले २८ सय मतान्तरले अगाडि

मंसिर ६, डोटी । डोटीमा नेकपा (एकीकृत समाजवादी) का उम्मेद्वार प्रेमबहादुर आलेले अग्रता बढाउँदै लगेका छन् । ११ हजार ४८ मत गणना हुँदा आलेले ६ हजार २३१ मत पाएका छन् ।

उनका प्रतिस्पर्धी नेकपा एमालेकी गौरी ओलीले ३ हजार ४०९ ल्याएकी छन् । स्वतन्त्र उम्मेदवारी दिएका नरेन्द्रबहादुर खड्काले ४८८, राप्रपाका अंकबहादुर खड्काले १४३ मत पाएका छन् । यो क्षेत्रबाट २०७४ सालमा नेकपा एमालेबाट प्रेमबहादुर आलेले निर्वाचित भएका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.