सुखद सुरुआतको लक्ष्यमा डेनमार्क

मङ्सिर ६, काठमाडौं । कतारमा जारी फिफा विश्वकपमा आज (मंगलबार) हुने चारमध्ये दोस्रो खेलमा ट्युनिसियाविरुद्ध मैदानमा उत्रँदा ‘डार्क हर्स’को छवि बनाएको डेनमार्क सुखद नतिजाको खोजीमा हुनेछ । कतारस्थित एजुकेसन सिटी रंगशालामा यो खेल नेपाली समयानुसार साँझ ०६ः४५ बजेदेखि सुरु हुनेछ ।

विश्वकपको समूह ‘डी’मा रहेका दुवै टिमलाई अन्तिम–१६ को सम्भावना कायम राख्न आजको जित महत्त्वपूर्ण छ । विश्वकपअघि साविक विजेता फ्रान्सलाई २–० ले पराजित गरेको डेनमार्क उच्च मनोबलमा छ । ट्युनिसिया विश्वकपअघिको मैत्रीपूर्ण खेलमा ब्राजिलसँग ५–१ ले पराजित भएको थियो । मिडफिल्डमा क्रिस्टियन एरिक्सन, पिएरी एमिल होबर्जसँगै फरवार्ड मार्टिन ब्रेथवेटको साथमा डेनमार्क निकै सन्तुलित छ ।

अर्कोतर्फ, ट्युनिसियालाई ‘डेड बल स्पेसलिस्ट’ वाहबी खाज्र्री र मिडफिल्डर हानिबल मेजब्रीको बलियो साथ छ । फिफा विश्वकपमा यी दुई टिम पहिलोपटक एकार्काविरुद्ध खेल्न लागेका हुन् । यी दुई टोलीबीच हालसम्म एकपटक मात्र अन्तर्राष्ट्रिय खेल भएको छ । जसमा डेनमार्क विजयी भएको थियो । सन् २००२ मे २६ मा भएको उक्त खेलमा डेनमार्कले ट्युनिसियालाई २–१ ले हराएको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.