पाँच दिनभित्र सबै नतिजा सार्वजनिक गर्ने तयारी

मंसिर २, काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण परिणाम ५ दिनभित्र सार्वजनिक गरिसक्ने लक्ष्य रहेको जनाएको छ ।

आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले प्रत्यक्षतर्फको परिणाम तीन दिनभित्र र समानुपातिक तर्फको परिणाम ५ दिनभित्र सार्वजनिक गरिसक्ने लक्ष्य रहेको बताएका हुन् । प्रमुख आयुक्त थपलियाले भने, ‘सबै मतपेटिका संकलन भएलगत्तैदेखि मतगणना सुरु हुनेछ । तीन दिनभित्र प्रत्यक्षतर्फ र त्यसको पाँच दिनभित्र समानुपातिकका सबै मतगणना सक्ने गरी योजना बनाएका छौं ।’ उनले २२ मंसिरभित्र निर्वाचनको सबै नतिजाको प्रतिवेदन तयार गरी राष्ट्रपतिसमक्ष बुझाउने गरेको बताए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.