मंसिर २, काठमाडौं । नेपाल र यूएईबीचको एकदिवसीय खेलमा सट्टेबाजी गरेको आरोपमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानबाट ५० जना पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनीहरुलाई पक्राउ गरेको हो । सीआईबीका प्रमुख एआईजी उत्तमराज सुवेदीका अनुसार सूचनाका आधारमा नेपाल र यूएईबीचको पहिलो खेलबाटै उनीहरुमाथि निगरानी राखिएको थियो । पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको र निर्दोष देखिएकालाई छाडिने सुवेदीले बताए । कीर्तिपुरमा नेपाल र यूएईबीचको फाइनल खेल जारी छ ।

