समानुपातिक उम्मेदवारलाई परिचयपत्र दिने

मङ्सिर १, काठमाडौँ । निर्वाचन आयोगले समानुपातिक उम्मेदवारलाई परिचयपत्र दिने भएको छ।

मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ अन्तिम बन्द सूचीमा नाम रहेका उम्मेदवारलाई आयोगले परिचयपत्र उपलब्ध गराउने भएको हो। समानुपातिक निर्वाचन प्रणालीतर्फ अन्तिम बन्दसूचीमा नाम रहेका प्रतिनिधिसभा तथा प्रदेश सभातर्फका उम्मेदवारले परिचयपत्र माग गर्न आएमा उहाँहरूलाई आयोगले परिचयपत्र उपलब्ध गराउने जानकारी दिएको छ।

आयोगको वेबसाइटमा रहेको प्रतिनिधिसभा र प्रदेशसभा समानुपातिक निर्वाचनका लागि प्रकाशित उम्मेदवारको अन्तिम बन्दसूचीमा उल्लेखित मतदाता भएको प्रदेश अन्तर्गतको जिल्लाको खण्ड हेरेर आफ्नो जिल्ला अन्तर्गतको भए सम्बन्धित प्रदेश र जिल्ला निर्वाचन कार्यालयले आफ्नो कार्यालयबाट जारी हुने परिचयपत्र बमोजिमको विवरण अभिलेख राखी तोकिएको ढाँचामा परिचयपत्र उपलब्ध गराउन आयोगले सबै प्रदेश र जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिने निर्णय गरेको जनाएको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.