मतदाताको अमूल्य मतले मुलुकको भाग्य र भविष्य बन्छः प्रधानमन्त्री देउवा

मङ्सिर १, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मतदानलाई लोकतन्त्रको उत्सवको रुपमा मनाउन आग्रह गर्नुभएको छ ।

उहाँले आज बिहिबार सामाजिक सञ्जाल फेसबुमा मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनको सन्दर्भ पारेर भिडियो सन्देश जारी गर्नुभएको हो । उहाँले भन्नुभयो,– निर्वाचनमा तपाईहरूको अमूल्य मतले मुलुकको भाग्य र भविष्यको मार्ग प्रशस्त गर्ने छ ।’

दुई– दुई पटक संसद विघटन भएपछि असहज र अन्योलपूर्ण परिस्थिति आएका कारण सहमति र सहकार्यको जगमा गठबन्धन सरकार गठन भएको उहाँको तर्क छ । सहमति र सहकार्यकै आधारमा देशलाई अघि बढाउन प्रतिवद्ध रहेको समेत उहाँले दावी गर्नुभएको छ ।

उहाँकाे भिडियाे सन्देश यस्ताे छ:

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.