प्रधानमन्त्री देउवा आज दैलेख जानुहुँदै

कात्तिक २९, कर्णाली । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज (मङ्गलबार) दैलेख आउनुहुने भएको छ ।

कर्णाली प्रदेशका दुई जिल्लामा आयोजित चुनावीसभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड० आउनु लाग्नु भएको नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश अध्यक्ष विमला केसीले जानकारी दिनुभयो ।

कांग्रेस सभापति देउवा, माओवादी अध्यक्ष प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का महासचिव बेदुराम भुसालले सभालाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको केसीले बताउनुभयो । उहाँहरू आजै नवलपरासीको कार्यक्रममा सहभागी भई आजै सुर्खेतको गुर्भाकोटको खैरेनी भेरी किनारमा हुने चुनावीसभालाई सम्बोधन गर्न आउनुहुनेछ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.