युवाहरुलाई रोजगारीसँगै उचित पारिश्रमिक हुनुपर्छ : कुन्ती पोख्रेल

कात्तिक २९, काठमाडौँ । राप्रपाकी केन्द्रीय सदस्य तथा काठमाडौं क्षेत्र २ प्रतिनिधिसभा सदस्य उमेदवार कुन्ती पोख्रेलले आफ्नो चुनाव प्रचार अभियानलाई तीब्रता दिएकी छन् ।

उनी मतदाताको घरदैलो एवम् भेटघाट कार्यक्रमा स्थानीयसँग युवाहरुको विदेश पलायन रोक्न नेपालमा रोजगारीका अवसरहरु ल्याउनुपर्नेमा जोड दिँदै रोजगारी भए पनि उचित पारिश्रमिक पनि आवश्यक रहेको औँल्याइन् । शंखरापुर नगरपालिकाका विभिन्न स्थानका टोल, वस्तीका मतदाताहरुसँग कुरा गर्दै नेपालमा रोजगारी नभएको भइहाले पनि कामदारले उचित पारिश्रमिक नपाउने भएकाले महंगी अनुसार धान्ने गरी न्यूनतम पारिश्रमिक लागु गर्ने कानुन निर्माण गर्न आफूले उमेदवारी दिएकाले भोट दिन आग्रह गरिन् ।

उनले रोजगारीको लागि टीकाको दिन आँशुका ढिका झार्दै विदेशिनु नपरोस् भन्दै आफूले जितेमा स्वरोजगारको लागि युवालाई सीपयुक्त विद्यमी बनाउन पहल गर्ने बताइन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.