भ्रष्टाचार र राजनीतिमा भएको दुरगन्ध हटाउन काठमाडौँ ३ मा स्वतन्त्र उम्मेद्वारी– श्रीकृष्ण ज्योती

कात्तिक २८, काठमाडौँ । आसन्न मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि काठमाडौँ क्षेत्र नं. ३ बाट प्रतिनिभि सभा सदस्यको स्वतन्त्र उम्मेद्वारी बनेका श्रीकृष्ण ज्योतीले भ्रष्टाचार र राजनीतिक दुरगन्ध हटाउन आफ्नो उम्मेद्वारी दिएको बताएका छन् ।

लामो समयसम्मा नेपाली काँग्रेसमा राजनीति गर्दै आएका श्रीकृष्णज्योतिले पछिल्लो समय राजनीतिक दलभित्र देखिएको व्यक्तिवादी सोच, समाजको हितभन्दा आफु स्वार्थमा केन्द्रीत रहेर आर्थिक चलखेल गर्ने विरुद्ध सचेत गराउन वर्तमान आवश्यकता रहेको बताएका छन् । काठमाडौँ क्षेत्र नं. ३ बाट विभिन्न राजनीतिक दल र अन्य स्वतन्त्र रुपमा उम्मेद्वारी रहेता पनि क्षेत्रको नीतिगत हित र विकास निर्माणका लागि वैकल्पिक शक्तिको रुपमा आफ्नो उम्मेद्वारी रहने बताए ।

चुनाव चिन्ह माछा लिएर चुनावी मैदानमा हिडेका ज्योतीले निर्वाचन क्षेत्रको विकास निर्माणसंगै सामाजिक रुपान्तरणमा समेत विशेष योजनाका साथ अघि बढेको बताए । कृषि, पर्यटन र युवा रोजगारको लागि उत्पादनमा केन्द्रीत योजनाका साथ स्थानीय तहमा भएको वेथीती अन्त्य गरी समृद्ध नगर तथा क्षेत्रको रुपमा विकास गर्ने बताए । यस अघि जनप्रतिनिधि भइसकेकाहरु जनताको मनोभावना विपरीत काम गरेको नीजि स्वार्थमा केन्द्रीत रहेको भन्दै त्यसको विकल्पमा आफ्नो उम्मेद्वारी प्रस्तुत गरेको बताए ।

निर्वाचन क्षेत्रभित्र पर्ने गोकर्णेश्वर नगरपालिकाका ९ ओटै वडाहरु, कागेश्वरी मनोहरा नगरपालिकाका १ देखि ३ सम्माका वडा र काठमाडौँ महानगरपालिका वडा नं. ६ मा भौगोलिक परिवेश र जातिगत समुदायको हितका लागि काम गरिने बताए । त्यस्तै स्थानीय तहको समन्वयमा महिला तथा युवाहरुलाई एक वडा एक उद्यामी बनाउने योजना रहेको बताए । चुनावी घरदैलो अभियानका क्रममा मतदाताको सकारात्मक प्रतिक्रिया आएको भन्दै उनीहरुको गुनासो र समस्यालाई सम्बोधन गर्न आफु प्रतिवद्धतता रहेको बताए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.