विद्यार्थी परिषद्को त्रिदिवसीय पत्रकारिता तालिम काठमाडौंमा प्रारम्भ

कार्तिक २४, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले त्रिदिवसीय आधारभूत पत्रकारिता तालिम आजबाट काठमाडौंमा प्रारम्भ गरेको छ ।

काठमाडौंको विभिन्न कलेजमा पत्रकारिता विषय अध्ययन गरिरहेका विद्यार्थीहरूलाई सहभागी गराएर विद्यार्थी परिषद्ले विहिबारबाट काठमाडौंको सिंनामंलगमा त्रिदिवसीय आधारभूत पत्रकारिता तालिम संचालन गरेको हो । विहीबारबाट सञ्चालन भएको त्रिदिवसीय पत्रकारिता तालिमको उद्घाटन सत्रमा विद्यार्थी परिषद्का राष्ट्रिय मिडिया प्रमुख कृष्ण हुमागाईंले पत्रकारिता पढदै गरेका र गर्न चाँहाने विद्यार्थीहरूलाई व्यबहारिक रूपमा समाचार, स्थलगत रिपोर्टिङ , लेख रचनाहरू लेख्न सिकाउने र आगामी दिनमा उनिहरूलाई सीपयुक्त बनाउने उदेश्यका साथ यश तालिम आयोजना गरेको र विद्यार्थी परिषद्ले यस्तै किसिमको तालिमहरू संचाल गर्दै विद्यार्थीहरूलाई सामाजिक र सीपसँग जोडने काम गरेको बताएका थिए ।

तीन दिन सम्म संचालन हुने तालिमको पहिलो दिनको मुख्य प्रशिक्षक अर्जुन खड्काले सहभागी विद्यार्थीहरूलाई समाचार लेखन शैली , भाषाको प्रयोगहरू, शब्दहरूको संयोजन , कस्ता शब्द प्रयोग गर्ने नगर्ने, कसरी गर्ने , समाचार छोटो र प्रष्ट बुझि कसरी बनाउने भन्ने विषयहरूमा केन्द्रित रहेर विद्यार्थीहरूलाई तालिम प्रदान गरेका थिए । कार्तिक २४, २५ र २६ गते सम्म संचालन हुने तालिममा विद्यार्थी परिषद्का पूर्व राष्ट्रिय सचिव एवम् नीति अनुसन्धान प्रतिष्ठान नेपालका कार्यलय प्रमुख सन्तोष आचार्यले कार्यक्रम सफलताको शुभकामना दिनु भएको थियोे भने विद्यार्थी परिषद् महानगर उपाध्यक्ष नारायण प्रसाद जोसीले पत्रकारिताको विषयमा विद्यार्थीहरूलाई प्रष्ट पार्दै स्वागत मनतव्य व्यक्त गरेका थिए ।

विद्यार्थी परिषद् काठमाडौं महानगरका सह छात्र प्रमुख देविका तिमल्सिनाले संचालन गरेको तालिमको उद्घाटन सत्रमा विद्यार्थी परिषद्का राष्ट्रिय मिडिया प्रमुख कृष्णा हुमागाईं, महानगर सचिव जीवनकुमार जोसी, विशिष्ट अतिथि एवम् मुख्य प्रशिक्षकको रूपमा अर्जनु खड्का, नीति अनुसन्धान प्रतिष्ठान नेपालका कार्यालय प्रमुख सन्तोष आचार्य, परिषद्का केन्द्रीय कार्यालय प्रमुख निरन्जन सोती महानगर उपाध्यक्ष नारायण प्रसाद जोसी लगायत विद्यार्थी परिषद्का कार्यकर्ताहरू विशेष उपस्थितिसँगै विभिन्न कलेजहरू आर आर, जनमैत्री, कोटेश्वर सरस्वती, पशुपती बहुमुखी, मंगल बहुमुखी कलेज, मदन भण्डारी मेमोरियल लगायत आधा दर्जन भन्दाबढी क्याम्पसहरूबाट ३१ जना भन्दाबढी विद्यार्थीहरूको तालिममा सहभागीता रहेको थियोे ।

साथै तालिममा अलग अलग विषयहरूमा अलग अलग प्रशिक्षकहरूको उपस्थिति रहने र तालिममा समाचार लेखन, फिचर समाचार लेखन, स्थलगत रिपोर्टिङ, अन्तर्वार्ता , लेख लेखन कला र शैली, फोटो र भिडियो सम्पादन जस्ता विषयहरूको बारेमा सिकाईने आयोजकले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.